रक्सी खानेहरुलाई कस्तो-कस्तो रोग लाछ त ?
अमेरिकामा भएको पछिल्लो अध्ययनले नियमति मदिरा सेवन गर्ने मानिसमा मुख, घाँटी तथा कलेजोको क्यान्सरको जोखिम अरु सामान्य मानिसमा भन्दा निकै धेरै हुने तथ्य पत्ता लगाएको छ ।
बोस्टन विश्वविद्यालय मेडिकल सेन्टरका शोधकर्ताहरुले गरेको अध्ययनले अमेरिकामा रक्सी सेवनका कारण हुने क्यान्सरका कारण हरेक वर्ष २० हजार जनाले ज्यान गुमाउने गर्छन् ।
यो संख्या अमेरिकामा क्यान्सरका कारण हुने मृत्युको ४ प्रतिशत हो । अध्ययनकर्ताहरुले भनेका छन् की रक्सी र क्यान्सरबीचको सम्बन्ध कतैबाट पनि लुकेकेा छैन तर यो जान्दाजान्दै पनि धेरै मानिसहरुले रक्सी सेवन गरिरहेका छन् ।
विश्व क्यान्सर अनुसन्धान कोषका अनुसार धेरै रक्सी पिउने बानीले केवल मोटोपन लगायतका समस्या मात्र होइन क्यान्सरको जोखिम पनि उत्तिकै बढि हुन्छ ।
Labels:
health


0 comments:
Speak up your mind
Tell us what you're thinking... !