Headlines News :
Home » » 'बधशाला'लाई प्रदर्शनमा रोक

'बधशाला'लाई प्रदर्शनमा रोक


 माघ १४काठमाडौं

नेपाली सेनाको पोसाक दुरुपयोग गरेको भन्दै सूचना तथा सञ्चार मन्त्रालयले फिल्म 'बधशाला'को प्रदर्शनमा रोक लगाएको छ । चलचित्र विकास बोर्डलाई पत्र लेख्दै सञ्चार मन्त्रालयले फिल्म प्रदर्शनमा रोक लगाएको हो । फिल्म प्रदर्शनमा रोक लगाउन नेपाली सेनाले रक्षा मन्त्रालयलाई पत्र लेखेको थियो । बधशाला चलचित्र निर्माण, प्रदर्शन तथा वितरण ऐन २०२६ र चलचित्र नियमावली २०५७ विपरीत रहेको भन्दै सचिवस्तरको निर्णय रहेकोले फिल्म प्रदर्शनमा रोक लगाउन रक्षा मन्त्रालयले पत्र लेखेको थियो । 'सम्बन्धित निकायसँग स्वीकृतिसमेत नलिई तयार गरिएको हुँदा उक्त चलचित्र प्रदर्शनको लागि इजाजतपत्र प्रदान नगर्न र प्रदान गरिसकेको भए चलचित्र हललगायतमा प्रदर्शन रोक लगाई दिन अनुरोध भई आएको हुँदा आवश्यक कारबाहीको लागि अनुरोध गरिन्छ,' सञ्चार मन्त्रालयको पत्रमा उल्लेख छ ।

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com