पर्वत, फागुन १६ - पर्वतको डिमुवामा भएको राष्ट्रिय पुरुष भलिबलको उपाधि नेपाल आर्मी क्लब र महिला तर्फको उपाधि ज्ञानुबाबा बोडिङ्गले जितेका छन ।
राष्ट्रिय पुरुष भलिबलमा नेपाल आर्मीले ५५ हजार ५ सय ५५ र ट्रफी हात पारेको छ । आर्मीले प्रहरीलाई ३–२ को सेटमा पराजित गर्दै उपाधि जितेको हो ।
नेपाल पुलिस क्लबले द्धितिय हुँदै ३३ हजार ३ सय ३३ नगद र ट्रफी हात पारेको छ । त्यस्तै आयोजक मोदी युबा क्बले तेस्रो हुँदै ११ हजार १ सय ११ हात पारेको छ
यसैगरी ज्ञानुबाबा आवासीय माबि पोखराले नेपाल पुलिस क्लबलाई सोझो सेटमा हराउँदै राष्ट्रिय महिला भलिबलको उपाधि हात पारेको छ । ज्ञानुबाबाले नेपाल प्रहरीलाई १८–२५, १५ – २५ र १२– २५ को सेटमा हराएको थियो ।
राष्ट्रिय खेलाडी मञ्जु गुरुङ्गको नेतृत्वमा रहेको ज्ञानुबाबा संग नेपाल प्रहरीको राम्रै प्रतिष्पर्धा हुने अनुमान फाइलमा साबित हुन सकेन । ज्ञानुबाबाले ट्रफीसहित २५ हजार ५ सय ५५ हात पारेको छ । यसैगरी नेपाल प्रहरीले ११ हजार १ सय ११ रुपैया नगद र ट्रफी हासिल गरेको छ ।
ज्ञानुबाबाले यसअघि भएको अर्को खेलमा एपिएफलाई पनि सोझो सेटमा पराजित गरेर फाइनलमा आफ्नो स्थान सुरक्षित बनाएको थियो । एपिएफ तेस्रो र न्यु डायमण्ड एकेडेमीले सान्तवनामा नै चित्त बुझाएका थिए । बिजयी टिमलाई पर्वतका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले नगद र ट्रफी प्रदान गर्नुभयो ।

0 comments:
Speak up your mind
Tell us what you're thinking... !