काठमाडौं, फागुन ६
अमेरिकी पूर्वराष्ट्रपति जिम्मी कार्टर चैत दोस्रो साता नेपाल आउने भएका छन्। व्यक्तिगत भ्रमण सिलसिलामा उनी चैत १५ गते काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।भ्रमणका बेला उनले राष्ट्रपति रामवरण यादवलगायत प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग भेट गर्ने स्रोतले जनायो। अमेरिकाका ३९औं राष्ट्रपति तथा सन् २००२ का नोबेल शान्ति पुरस्कार विजेता जिम्मी २०६४ को संविधानसभा निर्वाचनअघि पनि नेपाल आएका थिए।
कार्टर पहिलोपटक सगरमाथा क्षेत्रको पदयात्रा गर्ने क्रममा २७ वर्षअघि नेपाल आएका थिए। ८९ वर्षीय कार्टरले नेतृत्व गरेको 'कार्टर सेन्टर' नामक संस्था नेपालमा ९ वर्षदेखि क्रियाशील छ। उनले कार्टर सेन्टर सन् १९८२ मा स्थापना गरेका हुन्।

0 comments:
Speak up your mind
Tell us what you're thinking... !