गुल्मी, फागुन २
गुल्मी सदरमुकाम तम्घासमा तनाव भएको छ । विद्युत सेवा अवरुद्ध र खाना पकाउने ग्यासमा भएको मूल्यवृद्धिको विरोधमा प्रशासन कार्यालय घेराउ गर्न गएका उपभोक्ता र प्रहरीबीच झडप भएपछि तम्घासमा तनाव भएको हो । प्रदर्शनकारीलाई रोक्न प्रहरीले ६ सेल अश्रुग्यास र लाठी प्रहार गरेको छ ।
झडपमा प्रहरी निरीक्षक सहित १२ जना घाइते भएका छन् । प्रदर्शनमा झडप भएपछि तम्घासमा तनाव भएको छ । उपभोक्ताले यसअघि नेपाल विद्युत प्राधिकरण गुल्मीमा तालावन्दी गरेर तोडफोड समेत गरेका थिए ।
विद्युत प्राधिकरणको लापर्वाहीका कारण गुल्मीमा दैनिक १८ घण्टाभन्दा वढी विजुली नआएपछि आक्रोशित उपभोक्ताले सदरमुकाम तम्घास वजार समेत वन्द गराएका छन् ।

0 comments:
Speak up your mind
Tell us what you're thinking... !