Headlines News :
Home » » झापामा वर्षेनी ७ टन मह उत्पादन

झापामा वर्षेनी ७ टन मह उत्पादन


झापा फागुन १
प्राकृतीक औषधिको रुपमा प्रयोग हुने ‘मह’ झापा जिल्लामा व्यवसायीक रुपमा नै उत्पादन हुन थालेको छ ।
घना जंगल र वस्तीहरूमा फाट्टफुट्ट देखिने मौरी प्रकृतिको सम्पदा वनजंगल फडानी मानव अतिक्रमण बढेपछि विस्थापित हुने खतरासँगै यसको संरक्षणमा समेत चासो बढेको छ । मौरीको संरक्षणले प्राकृतिक सौन्दर्यलाई मात्रै बढाएको छैन । झापाका विभिन्न क्षेत्रमा किसानहरूलाई आत्मनिर्भर पनि बनाएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकृत शालिकराम भट्टराईका अनुसार जिल्लामा बर्सेनी ७ हजार केजी मह उत्पादन हुन थालेको छ । ‘उत्पादन दर बर्सेनी बढ्दै छ यसले महको व्यावसायिकता बढ्दै गएको संकेतका रूपमा लिएका छौं,’ भट्टराईले भने ।

कार्यालयले मौरीपालन सहकारी नै स्थापना गरेर कृषकहरू यसको व्यावसायिकतामा लागेका जानकारी दिएको छ । सतासीधाममा त महिला कृषकहरूले मौरी पालन सहकारी संस्था सतासीधाम नै सञ्चालन गरी आएका छन् । महको बढ्दो बजार मागलाई धान्नका लागि संगठित रूपमा नै मौरीपालनमा महिलाहरू जुटेका बताइएको छ । सतासीधाम, बालुवाडी, शनिश्चरे, धाइजनलगायतका गाविसमा कृषकहरूले संगठित रूपमा मौरी पाल्दै आएको कृषि विकास कार्यालयले जनाएको छ । सतासीधाममा मात्रै मौरीपालन सहकारी संस्थाका ५३ जना सदस्यहरूले व्यावसायिक रूपमा मौरी पाल्दै आएका संस्थाकी व्यवस्थापक देवी दाहालले जानकारी दिनुभयो । ती किसानहरूबाट मौत्र बर्सेनी ३ हजार केजी मह उत्पादन हुँदै आएको व्यवस्थापक दाहालको भनाई छ ।

परम्परागत आयुर्वेदिक औषधिका लागि झापामै यहाँ उत्पादित महले बजार पाउँदै आएको छ । ४ सय रूपैयाँ प्रतिकेजीका दरले महको बिक्री झापामै भइरहेको उनले बताइन् । उत्पादनको मात्रा बढेकाले यस वर्षदेखि इलाममा पनि झापाको मह बजार स्थापित गर्ने प्रयासमा लागिएको संस्थाले जनाएको छ । व्यवसायिकता बढ्दै गए पनि मौरी पालनका लागि ‘चरन’को समस्या भने जटिल बनेको छ । बढ्दो घडेरी प्लटिङले मौरीको सबैभन्दा रूचि देखिने तोरी खेती पनि कम हुँदै गएको पालकहरू बताउँछन् । तोरी खेती घटेपछि किसानहरूले मौरीपालनमा सहज बनाउन सतासीधाममा चिउरी र ‘लिची’ का विरूवा रोपेका छन् । ‘हामीले २ सय बोट चिउरी र १ सय लिचीका विरूवा रोपेका छौं, अबको एक/दुईवर्षपछि मौरी चरनको समस्या हट्ने विश्वास छ,’ दाहालले भन्नु भयो । उहाका मौरीको चरनका लागि उपयुक्त ‘जल्पाई’ र रूद्राक्ष’ जातका विरूवा रोप्ने योजनामा रहेको जानकारी दिनु भयो ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com