काठमाडौं, माघ २२
नेपाल टेलिकमले फागुन १ गतेदेखि बैशाख मसान्त सम्म टेलिफोन र मोबाइल शुल्कमा छुट दिने घोषणा गरेको छ । टेलिकमले ल्याण्डलाईन टेलिफोनको न्युनतम मासिक महसुल २ सय रुपैयाँमा २ सय २५ कल निशुल्क उपलब्ध गराउने भएको छ ।
टेलिकमले पत्रकार सम्मेलन गरेर आफ्नो नवौँ बार्षिकोत्सवको अवसरमा छुट दिने घोषणा गरेको हो । टेलिकमका प्रवन्धनिर्देशक अमरनाथ सिंहले सबै मोबाइलमा राती १० देखि विहान ६ बजेसम्म प्रतिकलमा ३० पैसा मात्रै लाग्ने जानकारी दिनुभयो ।
सिंहले सीडीएमएमा एसएमएसको शुल्क फागुन ३० गतेसम्म आधा छुट गर्ने र वाइम्याक्स इण्टरनेटमा फागुन ३० सम्म १० जीवी बोनस दिने घोषणा गर्नुभयो।
टेलिकमले करबाहेक १२ रुपैया रहेको अष्ट्रेलियाको महसुल आजदेखि फागुन ३० गतेसम्म ७ रुपैया ७५ पैसा र बेलायतमा ४ रुपैया प्रतिमिनेट निर्धारण गरेको छ ।


0 comments:
Speak up your mind
Tell us what you're thinking... !