Headlines News :
Home » , » ग्यासको मुल्यमा वृद्धि

ग्यासको मुल्यमा वृद्धि

फाल्गुन १
नेपाल आयल निगमले खाना पकाउने एलपिजी ग्यासको भारी मूल्यवृद्धि गरेको छ। यसअघि प्रति सिलिन्डर १४७० रुपियाँमा पाइने ग्यासलाई अब २१०० रुपियाँ तिर्नुपर्नेछ।

आजैदेखि निगमले बजारमा रातो र निलो गरी दुई रङको सिलिण्डर प्रयोगमा ल्याएको छ। चारजनासम्मको परिवारले हरेक महिना एक सिलिण्डर अनुदान पाउने छन्। तर खरिद गर्दा भने बिक्रेताबाट २१ सय रुपियाँ नै खरिद गर्नुपर्नेछ। उपभोक्ताले एलपिजी कार्ड र बिक्रेताबाट खरिद गरेको बील सम्बन्धित बैंकमा पेस गरेपछि ५ सय ५० रुपियाँ अनुदान प्राप्त गर्ने छन्। सो अनुदान दुई महिनाभित्रमा लिइसक्नुपर्ने निगमले जनाएको छ। व्यावसायिक प्रयोजन (होटेल, रेस्टुरेन्ट,पार्टी प्यालेसलगायत) ले अनुदान पाउने छैन।

अन्तर्राष्ट्रिय बजार भाउअनुसार ग्यासमा हुने घटबढका आधारमा अनुदान तलमाथि हुनेछ। व्यावसायिक उपभोक्ताले भने अन्तर्राष्ट्रिय बजारमा निर्धारण हुने मूल्यका आधारमा किन्नुपर्ने छ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com