Headlines News :
Home » » बोक्ने हो ९ लाखको मोबाइल ?

बोक्ने हो ९ लाखको मोबाइल ?


राम्रो खाउँ, राम्रो लगाउँ भन्ने रहर कसलाई हुँदैन र तर राम्रो छ भन्दैमा महँगो समान प्रयोग गर्ने सामर्थ्य सबैमा हुँदैन | नेपालसहितका देशमा ८/९ लाख रुपैयाँ तिर्ने हो भने राम्रै कार चढ्न सकिन्छ । तर, मानिसको इच्छालाई केहीले पनि रोक्न सक्दैन ।
यस्तै प्रयोगकर्ताहरुलाई लक्षित गरी विश्वको सबैभन्दा महंगो मोबाइल फोन बनाउने कम्पनी भेर्टूले पहिलो पटक एन्ड्रूएड प्लेटर्फममा आफ्नो नयाँ मोडल बजारमा ल्याएको छ । जसको मूल्य ७ हजार ९ सय युरो अर्थात नेपाली रुपैयाँ ९ लाख रुपैयाँ भन्दा बढी पर्छ ।
कम्पनीका प्रमुख पेरी ओस्टिंगले ‘भेर्टू टी’ नामको यो मोबाइल सजाएर राख्ने नभई अन्य फोनहरु जस्तै उपयोगी भएको बताएका छन् ।
फिनल्याण्डको यो कम्पनीले १० वर्षमा विश्व बजारमा मात्र ३ लाख २६ हजारको हृयाण्डसेट बेचेको छ । विश्वमा केवल ५ सय पसलमा मात्र भेर्टुको मोडलहरु पाइन्छ, जसमध्ये ७० कम्पनीले नै चलाएको छ ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com