Headlines News :
Home » » अमेरिका विरुद्ध नेपाललाई ३ सय ६७ रनको विजय लक्ष्य

अमेरिका विरुद्ध नेपाललाई ३ सय ६७ रनको विजय लक्ष्य


बैशाख १५
 विश्व क्रिकेट लिग डिभिजन तीनको आफ्नो पहिलो खेलमा अमेरिका विरुद्ध नेपालले जीतकालागि ३ सय ६७ रनको लक्ष्य पाएको छ । बर्मुडाको समरसेट मैदानमा टस हारेर ब्याटिङ गरेको अमेरिकाले निर्धारित ओभरमा ६ विकेट गुमाएर ३ सय ६६ रनको योगफल तयार पारेको हो ।
अमेरिकालाई विशाल योगफलतर्फ डोऱ्याउन स्टेभन टेलरले १ सय ६२ र टिमरोय एलनले ६७ रनको योगदान गरे । १ सय २ बलको सामना गरेका टेलरले १२ चौका र १२ छक्का प्रहार गरे । अमेरिकी ब्याट्सम्यानकासामु कुनै पनि नेपाली बलर चम्किन सकेनन् । नेपालले अहिले केहिबेरमा जवाफी ब्याटिङ गर्दैछ । 

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com