मलेसिया ७ विकेटले पराजित
२५ बैशाख, काठमाण्डौ । मलेसियामा जारी अन्डर १९ एसीसी एलिट कप क्रिकेटमा नेपालले मलेसियालाई ७ विकेटले हराएको छ । मलेसियाको किन्रारा मैदानमा बुधवार भएको खेलमा घरेलु टोली मलेसियालाई हराउँदै नेपाल समूह बीको विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो ।मलेसियाले दिएको ७० रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको नेपालले २४ दशमलब ४ ओभरमा मात्र ३ विकेट गुमाएर भट्टायो । नेपालका लागि हरिशंकर शाहले नटआउट २८ रनको योगदान दिए । यस्तै बिभात्सु थापाले १७, अमित श्रेष्ठले १०, निश्चल पाण्डेले ७ तथा निर्मल थापाले ३ रन जोडे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २२ दशमलब ४ ओभरमा सबै विकेट गुमाउँदै मात्र ६९ रन जोड्यो । मलेसियालाई सस्तैमा समेट्न नेपालका लागि अभिनाश कर्णले सर्वाधिक ६ विकेट लिए । यस्तै कप्तान भुवन कार्कीले २, यज्ञमान कुमाल तथा सुसान्त भारीले समान एक-एक विकेट लिए । यसअघि नेपालले कुवेत, बहराईन र कतारलाई पनि पराजित गरेको थियो ।
0 comments:
Speak up your mind
Tell us what you're thinking... !