स्थानीय प्रशासन एशोसिएशनले इङ्गल्याण्ड र वेल्समा चेतावनी जारी गर्दै ट्याटु खोप्दा एचआइभी र हेपाटाइटिसको संक्रमण हुनेतर्फ सचेत गराएको हो ।
ट्याटु खोप्ने उपकरणको सफाई ठीक ढंगले नहुने र ट्याटु खोप्ने व्यक्तिको स्वास्थ्य अवस्थामा पनि कसैले ध्यान नदिने गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
त्यसमाथि सस्तो हुने लोभमा गैर कानुनी पार्लरमा जाँदा जोखिम अझ बढी हुनेतर्फ पनि स्थानीय प्रशासनले ध्यानाकर्षण गराएको छ ।
त्यस्तै अनुमति नलिइ खुलेका केन्द्रमा ट्याटु खोपेकाहरुलाइ स्वास्थ्य परीक्षण गराउन पनि अपील गरिएको छ । बेलायतमा २५ देखि ३४ वर्षको हरेक १० बेलायतीमध्ये तीन जनाले ट्याटु खोपेका छन् ।


0 comments:
Speak up your mind
Tell us what you're thinking... !