ट्राफिक व्यवस्थापनको छलफल लगत्तै अख्तियार पुगेका कृषि विकास मन्त्रालयका सचिव मुकुन्द खनालसहित मातहतका कृषि विभाग, पशु सेवा विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, कृषि सामग्री कम्पनी र बीउविजन कम्पनीलगायतका कार्यालय प्रमुखलाई आयोगले बर्डफ्लु नियन्त्रणका लागि देखिने गरी काम गर्न निर्देशन दिएको छ ।
ट्राफिक व्यवस्थापनदेखि बर्डफ्लु नियन्त्रणसम्म अख्तियारको निर्देशन
२ जेठ, काठमाण्डौं । उच्चपदस्थ सरकारी अधिकारीलाई बोलाएर जनताको पक्षमा काम गर्न घचघच्याउँदै आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार उपत्यकाको ट्राफिक व्यवस्थापनदेखि तत्काल बर्डफ्लु नियन्त्रणमा ठोस कदम चाल्न निर्देशन दिएको छ । तीन मन्त्रालयका सचिवहित प्रहरी महानिरीक्षक र ट्राफिक प्रमुखलाई अख्तियारमै बोलाएर आयुक्त केशब बरालले सो निर्देशन दिएको राजधानी दैनिकमा खबर छ ।
उपत्यकामा बढ्दो ट्राफिक जाम नियन्त्रणमा सरकारी नियकायबीच नै समन्वय हुन नसकेको तथ्य जानकारी भएपछि आयोगले सम्बन्धित कार्यालयका प्रमुखलाई बोलाएको थियो । अख्तियारको निर्देशन बमोजिम भौतिक पूर्वाधार तथा यातायात सचिव तुलसीप्रसाद सिटौला, प्रहरी महानिरीक्षक कुवेरसिंह राना, महानगरीय प्रहरी आयुक्त प्रहरी अतिरिक्त महानिरीक्षक नवराज ढकाल र उपत्यका ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी नायब महानिरीक्षक उपेन्द्रकान्त अर्यालसहित काठमाण्डौं महानगरपालिका, विद्युत प्राधिकरण, यातायात व्यवस्था विभाग, सडक विभागका प्रमुखलाई आयोगमा बोलाई ट्राफिक व्यवस्थापनमा समन्वय गरेर अघि बढ्न निर्देशन दिएका हुन् ।
Labels:
politics

0 comments:
Speak up your mind
Tell us what you're thinking... !