कार्यालयमा सँगै काम गर्ने सहकर्मीसँग सम्बन्ध गाँसिनु कुनै नौलो कुरा होइन । तर सबैखाले कार्यालय वा सबैखाने जागिरमा यस्तो सम्बन्ध उत्तिकै चर्को भने हुँदैन । केही जागिर यस्ता हुन्छन् जसका जागिरेहरु सहकर्मीसँगको प्रेम सम्बन्धमा बढि फस्छन् ।
साइस्केल नामक वेबसाइटले हालै गरेको एक सर्भेक्षणले कुन जागिरका मान्छे सहकर्मीसँग बढि प्रेम सम्बन्ध गाँस्छन् भन्ने कुरा देखाएको छ । सर्भेक्षणले दश प्रतिशत मानिसले त सहकर्मीसँगै यौन सम्पर्क समेत राख्ने गरेको समेत खुलासा गर्यो । बिस प्रतिशतले अफिसको समयमा सहकर्मीसँग जिस्किने गरेको बताए । सहकर्मीसँग सम्बन्ध गाँस्ने मामिलामा सबैभन्दा अगाडि कलाकारहरु हुँदा रहेछन् । ८ प्रतिशत भन्दा बढिले आफुले सहकर्मीसँग यौनिक सम्बन्ध राखेको बताएका छन् ।
0 comments:
Speak up your mind
Tell us what you're thinking... !