बैशाख २० – पाकिस्तानकी पूर्व प्रधानमन्त्री बेनजीर भूट्टो हत्याको मुद्दा हेर्दै आएका सरकारी वकिल चौधरी जुल्फीकर अलिको हत्या भएको छ ।
अलिलाई राजधानी ईस्लामाबादमा मोटरसाईकलमा सवार केही व्यक्तिले गोली हानी हत्या गरेको अन्तर्राष्ट्रिय सन्चारमाध्यमले जनाएका छन् ।
घटनामा अलिका अंगरक्षक घाईते भएका छन् भने अलिको गाडीको ठक्करबाट एक जना पैदलयात्री महिलाको ज्यान गएको छ । भूट्टो मुद्दामा सुनुवाईका लागि रावलपिन्डीमा रहेको आतंकवाद विरोधी अदालतमा जाँदै गरेका बेला उहाँमाथि आक्रमण भएको स्थानीय प्रहरीले जनाएको छ ।
प्रहरीले घटनास्थल आसपासको क्षेत्रलाई नियन्त्रणमा लिएर हत्याराको खोजी कार्य तीब्र पारेको छ । अलि पाकिस्तानको संघीय जाँच निकायमा विशेष अधिवक्ताका रुपमा कार्यरत हुनुहुन्थ्यो । अलिको हत्यापछि रावलपिन्डी र ईस्लामावाद उच्च अदालत बार एशोशिएसनमा आवद्ध अधिक्ताहरुले हड्तालको घोषणा गरेका छन् ।


0 comments:
Speak up your mind
Tell us what you're thinking... !