राष्ट्रपतिद्वारा तीन संवैधानिक निकायका प्रमुख नियुक्त
२५ बैशाख, काठमाण्डौ । व्यापक विवाद र विरोधका वीच अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा पूर्वमुख्य सचिव लोकमानसिंह कार्की नियुक्त भएका छन् ।
राष्ट्रपति डा. रामवरण यादवले बुधवार शीतलनिवासमा कार्कीसहित तीनवटा संवैधानिक अंगका प्रमुखहरुलाई नियुक्त गुर्नभएको हो । नियुक्त हुनेमा अख्तियार प्रमुखमा लोकमानसिंह कार्की, लोकसेवा आयोगको प्रमुखमा कोयोदेवी यमी र महालेखा परीक्षकको कार्यालय प्रमुखमा भानुप्रसाद आचार्य छन् । नियुक्तिसँगै तीनैजनालाई शीतलनिवासमा सपथ ग्रहण गराइएको छ । राष्ट्रपतिको उपस्थितिमा कायममुकायम प्रधानन्यायधीश दामोदरप्रसाद शर्माले कार्की, यमी र आचार्यलाई सपथग्रहण गराउनुभएको हो ।
राष्ट्रपति कार्यालयमा सपथग्रहण भैरहँदा बाहिर विद्यार्थी तथा नागरिक समाजका अगुवाहरुले कार्कीको नियुक्तिको विरोधमा चर्को नाराबाजी गरेका छन् । राजाको प्रत्यक्ष शासनकालका मुख्यसचिव कार्कीलाई पहिले सर्वसम्मतिबाटै अख्तियार प्रमुख बनाउन चार दलले सिफारिस गरेका थिए । पछि कार्कीलाई जनआन्दालनेका दमनकर्ता भन्दै नागरिकस्तरबाट विराधे शुरु भएको र अदालतमा समेत मुद्दा परेपछि कांग्रेस र एमालेले पुरानो निर्णयलाई फिर्ता लिने प्रयास गरे पनि संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपतिले कार्कीलाई अख्तियार प्रमुखमा नियुक्त गर्नुभएको हो ।
प्रदर्शनमा उत्रिएका नागरिक समाजका अगुवा कनकमणि दिक्षित, शम्भु थापा, चरण प्रसाईलगायतलाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरूलार्इ पक्राउ गरेको केही समयपछि नै प्रहरीले रिहा गरिसकेको छ । यसैबीच नागरिक अगुवाहरूलार्इ प्रहरीले पक्राउ गरेको भन्दै नेपाल बार एशोशिएशनले एक विज्ञप्ति निकालेर आपत्ति जनाएको छ ।
0 comments:
Speak up your mind
Tell us what you're thinking... !