Headlines News :
Home » » दोस्रो काठमान्डु अन्तर्राष्ट्रिय कला महोत्सव

दोस्रो काठमान्डु अन्तर्राष्ट्रिय कला महोत्सव


काठमाडौं, मंसिर १२

पछिल्लो समय विश्वको कलाजगतमा के भइरहेको छ ? विभिन्न मुलुकका कलाकारमाझ राजधानीमा सोमबार बहस चल्यो । भृकुटीमण्डपस्थित पर्यटन बोर्डमा भारत, ब्राजिल, बुल्गेरिया, फ्रान्स, पाकिस्तान, अस्ट्रेलिया, बेलायत, इरान लगायत मुलुकका कलाकारले पावर प्वाइन्ट मार्फत आ-आफ्ना देशका कलाका विशेषता र पछिल्ला आयामबारे प्रस्ट्याएका हुन् । इरानी कलाकार होजात अमानीले आफ्नो देशको परम्परागत कलामा वातावरणप्रतिको सचेतना झल्कँदै आएको बताए ।
'आर्ट सेपोजियम' शीर्षकको छलफलममा उनले पुराना र नयाँ इरानी चित्रका उदाहरण समेत प्रस्तुत गरेका थिए । सन् १९७० दशकको चित्र र अहिलेको युवापुस्ताबीच वातावरण सम्बन्धी थिमको सघनता पावर प्वाइन्टमा देखाएको पुराना परम्परागत घरका भित्ताहरूमा कोरिएका बुट्टाले समेत प्रकृति, मानव र कलाबीचको सम्बन्धलाई पुष्टि गथ्र्यो । भारतीय कलाकार सेवा छाछीले प्रतिस्थापन कलाबारे बोलिन् । उनले पुरानो दिल्लीको एक पुस्तकालयलाई नै प्रतिस्थापन कलामा ढालेको बताइन् । बुल्गेरियाका स्भेतोस्लाभ नेदेभले प्लास्टिकको कलात्मक सदुपयोग गरेर बनाएको प्रतिस्थापन कला देखाए । 'वातावरण जोगाउने कलात्मक उपाए अपनाएको हुँ,' उनले भने, 'सुन्दर पनि सफा पनि ।' फ्रान्सेली फोटोग्राफर जियान आन्टोनियने राभेरेले भने मानव जीवनको नितान्त व्यक्तिगत दृश्य फोटोमा उतारेका थिए । 'सुत्दै गरेको', 'चुम्बन गर्दै', 'अर्धनग्न शैलीमा मानिसको अवस्था' लगायतका दृश्य उनले देखाएका हुन् । ब्राजिलकी कलाकार पि्रस्सिला डे कारभाल्होले भने फोटो र प्रतिस्थापन कलाको संयोजन गरेकी थिइन् । फोटो खिचेर कोलाज गरेका उनका केही चित्र अत्यन्त मनछुने छन् । पाकिस्तानका निलोफुर फारुख, भारतका प्रोबिर गुप्ता, अस्ट्रेलियाका मिचेल हल र युकेबाट गेनोर ओ फ्ल्यानले आ-आफ्नो विचार राखेका थिए । समाजको हरेक विकासमा कलाले विशेष महत्त्व खेल्ने उनीहरूको तर्क थियो । 'रिन्युवल इनर्जी' -नवीकरणीय शक्ति) शीर्षकमा रोलान्ड ग्राफले बोलेका थिए । त्यस्तै, सोमबार सांगि्रला होटल, लाजिम्पाटमा रुद्र ब्यान्डका श्याम नेपालीको सांगीतिक प्रस्तुति दिए ।

महोत्सवको उद्घाटन आइतबार भएको थियो । सिद्धार्थ आर्ट ग्यालरीले महोत्सवकै क्रममा विभिन्न स्थानमा 'अर्थ' -पृथ्वी) 'बडी' -शरीर) र 'माइन्ड' -दिमाग) शीर्षकमा कला प्रदर्शनी समेत सुरु गरेको छ । प्रकृति, वातावरण र मानव सम्बन्धको महत्त्वलाई कला मार्फत बुझाउने प्रयास गरिने महोत्सवको उद्देश्य रहेको सिद्धार्थ आर्टकी प्रमुख एवं महोत्सव संयोजक संगीता थापाले बताइन् । 'पछिल्लो पुस्ताको मुख्य समस्या प्रदूषित वातावरण पनि हो,' उनले भनिन्, 'कला मार्फत यसको महत्त्व बुझाउन खोजेका हौं । कला क्षेत्रको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गराउनु रहेको छ ।' महोत्सव अन्तर्गत नै राजधानीका विभिन्न १६ वटा थलोमा प्रतिस्थापनकला, चित्रकला, प्रस्तुति कला, मूर्तिकला, डिजिटल आर्ट, पि्रन्ट आर्ट, मिडिया आर्ट, फोटोग्राफी लगायत कला प्रदर्शनी भइरहेको छ । सिद्धार्थ आर्ट ग्यालरी, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, बि्रटिस काउन्सिल, नेपाल आर्ट काउन्सिल, नेपाल इन्भेस्टमेन्ट बैंक, नेपाल पर्यटन बोर्ड, बौद्ध स्तुपा, इमेज आर्क, पाटन संग्रहालय, नागबहाल, चिडिया घर, काठमाडांै कन्टेम्प्रोरी आर्ट सेन्टर, समिट होटल, नेवा छेः लगायत थलोमा कलाका अनेक बान्की हेर्न पारखीहरू झुम्मिरहेका छन् । महोत्सवमा नेपाल सहित ३१ मुलुकका कलाकारको सहभागिता छ । नेपालका तर्फबाट भने ३० कलाकार सहभागी छन् ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com