काठमाडौ, माघ २
कम्प्युटरमा आउने जुनसुकै भाषाका अक्षरलाई पनि नेपालीमा उल्था गर्ने सफ्टवेयरको विकास भएपछि कम्प्युटर प्रयोगकर्ता दृष्टिबिहीनलाई सजिलो भएको छ ।
दृष्टिविहीनका लागि विकास गरिएको दृष्टिबाचक नामको नेपाली कम्प्युटर सफ्टवेयरमा नयाँ प्रविधिको विकास गरी अंग्रेजी लगायत कुनै पनि भाषालाई नेपालीमा परिवर्तन गर्न सकिने प्रविधि एक महिनादेखि सञ्चालनमा छ ।
यसका प्रवद्र्धक हिम गौतमका अनुसार कम्प्युटरमा आएका चित्र, अक्षर र लिङ्कलाई पहिचान गरेर नेपालीमा उल्था गर्ने प्रविधि कम्प्युटरको जुनसुकै भर्सनमा पनि काम गर्ने गरी विकास गरिएको छ । यसले टाइप गर्ने, इमेल ईन्टरनेट चलाउने, गेम खेल्ने या अरु मनोरञ्जनात्मक काम गर्नेलाई सहज हुने उहाँको दावी छ ।
एन्ड्रोईड मोबाईलमा पनि यसको सफल प्रयोग गर्न सकिने भएकाले दृष्टिबिहीनलाई काम गर्न सहज हुने गौतमले बताउनुभयो । दृष्टिविहीनका लागि भनेर नै विकास गरिएको दृष्टिवाचक सफ्टवेयर अहिले धेरैजसो दृष्टिविहीनले प्रयोग गरिरहेका छन् ।
यसलाई नेत्रहीन संघले निशुल्क उपलब्ध गराउने गरेको छ । कम्प्युटरमा नेपाली सफ्टवेयर राखेपछि टाइप गर्दा किबोर्डमा औंलाले थिच्दा के लेखिन्छ भनेर कम्प्युटरले भनिदिने भएकाले अंग्रेजी नजान्नेलाई पनि सजिलो बनाएको संघले जनाएको छ ।
Home »
technology
» दृष्टिबिहीनका लागि नेपालीमा बोल्ने कम्प्युटर
दृष्टिबिहीनका लागि नेपालीमा बोल्ने कम्प्युटर
Labels:
technology

0 comments:
Speak up your mind
Tell us what you're thinking... !