लण्डन, फागुन ७, बीबीसीका पत्रकारहरू आजबाट २४ घण्टाका लागी हड्तालमा उत्रिएका छन् । त्याहाँका पत्रकारहरू जागिरको छनोटको विरोधमा गरिएको यस हडतालका कारण प्रसारणकर्ताको टिभी तथा रेडियो सेवा प्रभावित बनेको छ ।
नेशनल यूनियन अफ जर्नलिस्टका सदस्य आइतबार राती १२ बजे कार्यालयबाट बाहिर निस्किएका थिए । जसका कारण बीबीसी स्कटल्याण्ड, फाइभ लाइभ, द एशियन नेटवर्क तथा वर्ल्ड सर्विस प्रभावित हुनेछन् ।
यूनियनका महासचिव मिशेल स्टेनिस्ट्रीटले बताए अनुसार, परै बीबीसीमा यूनियनका सदस्यहरू जागिर बचाउनका लागी तथा गुणस्तरीय पत्रकारिताका लागी कारबाही गरिरहेका छन् । उनीहरू बीबीसीको शीर्ष नेतृत्व द्वारा गरिएको गलत फैसलाहरूका कारण दुखि भएका छन् । यहि निर्णय जसले पत्रकारहरूलाइ जागिरबाट निकालिँदै छ र राम्रो पत्रकारिता र प्रोग्रामिङसंग समझौता गरिँदैछ ।
बीबीसीका एक प्रवक्ताका अनुसार संस्थाले पत्रकारहरू छनोट गरिनु जति कठिन र निराशाजनक छ त्यतिनै संस्था हडतालबाट दुखी भएको छ ।
प्रवक्ताले बताए अनुसार हामी यसमाथि काम गरिरहेका छौं, कि निकालिएका मानिसहरूलाइ पुनः नियुक्त गर्न सकियोस, हामी यूनियनका साथमा यस मुद्दामा काम गरिनै रहनेछौ ।
एनयूजेले बताए अनुसार बीबीसीमा गत चार बर्षमा सात हजार जनाको जागिरहरू गैसकेको छ । (एजेन्सी)

0 comments:
Speak up your mind
Tell us what you're thinking... !