काठमाडौं, फागुन ७
राजधानीमा रहेको बुढानिलकण्ठ स्कुलको पर्खाल भत्किएको छ । यस दुर्घटनामा परि १ जना छात्राको मृत्यु भएको छ । यस घटनामा अन्य २ जना घाइते भएका छन् ।
आज दिउँसो पर्खाल भत्किएपछि त्यसमा परि पुरिँदा टीआईए एन्टरनेशनल स्कुलमा कक्षा ७ मा अध्ययनरत निशा सुवेदीको मृत्यु भएको कुरा प्रहरीले जनाएको छ ।
ती छात्रा बाटोमा हिडिरहँदा पर्खालले किचेको बताइएको छ । पर्खालमा परि गम्भीर घाइते भएकी उनलाइ उपचारका लागी शिक्षण अस्पताल लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको कुरा प्रहरीले जनाएको छ ।
यस दुर्घटनामा परि गोल्फुटारका १२ वर्षीया सुजाता गौतम तथा बुढानिलकण्ठ ७ की करिना कुँवर भने घाइते भएका छन् । उनीहरूको उपचार भैरहेको प्रहरीले जनाएको छ ।

0 comments:
Speak up your mind
Tell us what you're thinking... !