उदयपुर, फागुन १
उदयपुरको भलायडाँडा गाविसमा सोमबार राति एक महिलाको शब भेटिएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार भलायडाँडा ९ का कविरमान सार्कीको श्रीमतीको शब भेटिएको हो ।
गाईवस्तु चराउन जङ्गल गएकी उनी घर नफर्किएपछि खोजी गर्ने क्रममा बलानखोलामा मृत फेला परेको प्रहरी निरीक्षक श्रीकृष्ण पौडेलले जानकारी दिनुभयो । घटनास्थलतर्फ गएको प्रहरी टोलीले घटनाको अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ ।

0 comments:
Speak up your mind
Tell us what you're thinking... !