फागुन १
उत्तर कोरियाले तेस्रो परमाणु परिक्षण गरेको छ । अन्तर्राष्ट्रिय चेतावनीका बाबजुद उत्तर कोरियाले परमाणु परिक्षण गरेको हो । वैज्ञानिकहरुले एउटा सुक्ष्म परमाणु उपकरण विष्फोट गराएर परिक्षण गरेको र सफल भएको उत्तर कोरियाली समाचार संस्था केसिएनएले जनाएको छ ।
किम जोन उनले नेतृत्व सम्हाले यता कोरियाले गरेको यो पहिलो परिक्षण हो । परिक्षणका बेला भूइँचालोको जस्तै झड्का महशुस गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।
कोरियाले परमाणु परिक्षण गरेकोमा अन्तर्राष्ट्रिय समूदायले कडा आलोचना गरेको छ । संयुक्त राष्ट्र संघले नियम उल्लंघन गरेको भन्दै परिणाम गम्भीर हुने चेतावनी दिएको छ ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले तीब्र र विश्वसनीय कारवाही गनुपर्ने प्रतिक्रिया दिनुभएको छ । दक्षिण कोरिया र जापानले पनि विरोध गरेका छन् । - एजेन्सी

0 comments:
Speak up your mind
Tell us what you're thinking... !