Headlines News :
Home » » युक्रेनमा विमान दुर्घटना, ५ को ज्यान गयो

युक्रेनमा विमान दुर्घटना, ५ को ज्यान गयो


फागुन ३
युक्रेनमा भएको विमान दुर्घटनामा पाँच जनाको ज्यान गएको छ । दुर्घटनामा १२ जना यात्रु घाइते भएका छन् । अरु यात्रु सुरक्षित रहेका अधिकारीहरुले बताएका छन् ।

ओडिसाबाट फुटबलका समर्थक बोकेर उडेको दी एनटोनोभ एएन २४ नाम गरेको विमान पूर्वी डोनेस्कमा दुर्घटना भएको हो । चालक दलका सदस्य सहित विमानमा ४० भन्दा धेरै यात्रु रहेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

विमान दुर्घटनाको कारण खुलेको छैन । विमानमा आगो लाग्न थालेपछि आपतकालीन अवतरण गराएर यात्रुको उद्दार गर्न सफल भएको अधिकारकर्मीहरुले बताएका छन् ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com