Headlines News :
Home » » आज प्रेम दिवस

आज प्रेम दिवस


काठमाण्डौं फागुन ३
आज फेब्रुअरी १४ अर्थात, प्रेम प्रणय दिवस भ्यालेन्टाइन डे । विश्वभरका युवा-युवती विशेष हर्सोल्लासकासाथ मनाउँदैछन् । आजको दिन एक-आपसमा प्रेम साटासाट गर्ने परम्परा रहेको छ ।

रोमका सन्त भ्यालेन्टाइन सन् २६९ मा प्रेमकै कारण शहीद भएका थिए । सेनाले बिहे गर्न नपाइने उक्त समयमा भ्यालेन्टाइनले प्रेम विवाह गरे र यही कारण उनको १४ फेब्रुअरीमा हत्या भयो । बिहे गरेकै दिन हत्या भएका कारण यो दिनलाई प्रणय दिवस पनि नाम दिने गरिन्छ ।

पछिल्लो समय भ्यालेन्टाइनलाई प्रेमको समर्थन मान्न थालियो र मारिएको दिनलाई प्रेम दिवस, प्रणय दिवस अर्थात भ्यालेन्टाइन् डे भन्न थालियो । यसरी विकसित भएको यो दिवस अहिले आधुनिक समयका युवायुवतीलाई प्रेम प्रस्ताव राख्ने सजिलो माध्यम बनेको छ । करिब १० वर्ष यता नेपालमा पनि भ्यालेन्टाइन डेको रौनक बढ्न थालेको छ ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com