काठमाडौँ फागुन ६
पाकिस्तानको दक्षीण पश्चिम क्षेत्र क्वेटामा गराइएको विष्फोटमा मृत्यु हुनेको सँख्या ११५ पुगेको छ ।
विष्फोटमा २ सय जना घाइते भएका छन् । मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अधिकारीहरुले जनाएका छन् । पाकिस्तानी प्रहरीका अनुसार सिया बाहुल्य क्षेत्रमा रिमोट कन्ट्रोलबाट विस्फोट गराइएको थियो । सुन्नी विद्रोही लस्कर– ए–भगवीका प्रवक्ताले आक्रमणको जिम्मा लिएको बीबीसीले जनाएको छ । गएको पाँच हप्तायता क्वेटामा भएको यो दोश्रो विष्फोट हो । यसअघि भएको विष्फोटमा ९२ जना मारिएका थिए भने १ सय २१ जना घाइते भएका थिए । पटक पटकको हिँसापछि आजित हजारा समुदायले अघिल्लो पटक विष्फोटमा मारिएकाहरुको शवलाई सडकमा राखेर प्रदर्शन गरेपछि सरकारले सुरक्षाको भरपर्दा वातावरण मिलाउने प्रतिवद्धता जनाएको थियो ।

0 comments:
Speak up your mind
Tell us what you're thinking... !