Headlines News :
Home » » हुम्लामा फेरि हिमपात, जनजीवन कष्टकर

हुम्लामा फेरि हिमपात, जनजीवन कष्टकर

हुम्ला,फागुन ६
हुम्ला जिल्लामा फेरि हिमपात भएको छ । हिमपातले सदरमुकाम सिमकोटलगायत नौं गाविसका सर्वसाधारणको जनजीवन कष्टकर बनेको छ । शनिबाररातिदेखि परेको हिमपातले सदरमुकाम सिमकोटको तापक्रम माइनस ८ डिग्रीमा झरेको छ । यसैगरी हिमपातकै कारण यातायातको एकमात्र माध्यम हवाई सेवासमेत अवरुद्ध भएको छ ।
जिल्ला सदरमुकाम सिमकोट र उत्तरी भेगमा रहेका मुचु, लिमी, खगालगाउँ, हेप्कालगायतका नौं गाविसमा भारी हिमपात भएको हो । हुम्लाको दक्षिणी भेगमा भने हिमपातका साथै भारी बर्षा पनि भएको छ ।
स्थानीयवासीका अनुसार हिमपात सात वर्ष यताकै बढी हो । गएको माघ महिनामा दुई पटक परेको हिउँ पग्लन नपाउंदै फेरि हिउँ परेको हो । सदरमुकाममा दुई फिटसम्मको हिउँ जमेको छ ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com