पोखरा, फागुन ४
सामाजिक अपराध नियन्त्रणलाई अभियानका रुपमा अघि बढाएको कास्की प्रहरीले लेकसाइडको एउटै होटलबाट ६ जोडीलाई पक्राउ गरेको छ। पोखराको होटल सितारामा अनैतिक क्रियाकलाप गरिरहेको अवस्थामा प्रहरीको गस्ती टोलीले ६ युवक र ६ युवती सहित होटलका प्रबन्धकलाई समेत पक्राउ गरेको हो।
होटललाई यौन क्रियाकलापको थलो बनाएको आरोपमा प्रबन्धक दिपक न्यौपानेलाई पनि पक्राउ गरिएको कास्कीका प्रहरी प्रवक्ता रविन्द्र पौडेलले जानकारी दिए। उनीहरुलाई केही सार्वजनिक अपराध मुद्दा चलाउने उनले बताए ।
कास्की प्रहरीले दुई दिनअघि मात्रै सामाजिक अपराध नियन्त्रणका लागि चलाएको विशेष अप्रेसनका क्रममा जुवातास, अनैतिक क्रियाकलाप र गुण्डागर्दीमा संलग्न १२ जनालाई पक्राउ गरेको थियो।
पोखरा-८ जाल्पारोडस्थित मुस्ताङ खाजाघरमा अनैतिक क्रियाकलाप गर्ने एक जोडी र होटल सञ्चालक पक्राउ परेका छन्। यस्तै विद्यालय पोसाकमा पोखरा-१३ भद्रकाली मन्दिर नजिकै जंगलमा अनैतिक क्रियाकलाप गर्दागर्दै एक जोडी छात्रछात्रा पक्राउ परेको प्रहरीले जनाएको छ।
अप्रेसनमा जलकुम्भीअन्तर्गत गुण्डागर्दी गर्ने लेखनाथ-२ का पूर्णबहादुर गुरुङ र रामबहादुर गुरुङ पक्राउ परेका हुन्। यस्तै जुवातास खेल्ने पोखरा-८ का रामबहादुर तामाङ, लक्ष्मण क्षेत्री, विशाल क्षेत्री, बिनोद रानाभाट र चक्रमबहादुर गुरुङ नगद २० हजार १ सय ५० सहित पक्राउ परे।


0 comments:
Speak up your mind
Tell us what you're thinking... !