Headlines News :
Home » » दोस्रो पटकको हृदयाघातपछि पारसको अवस्था गम्भीर

दोस्रो पटकको हृदयाघातपछि पारसको अवस्था गम्भीर



काठमाडौं फागुन १०,  

हृदयाघातपछि बैंककमा अस्पताल भर्ना भएका पूर्व युवराज पारस शाहको अवस्थामा अझै सुधार हुन नसकेको चिकित्सकहरुले बताएका छन् । अस्ति मंगलवार राति हृदयाघात भएपछि अस्पताल भर्ना भएका पारसको अझै होस नआएको चिकित्सकलाई उद्धृत गर्दै मलेसियाबाट हाम्रा सहकर्मी रामचन्द्र गिरी जनाएका छन् । चिकित्सकका अनुसार, पारसलाई हृदयाघात भएको यो दोस्रो पटक हो । ५ बर्ष अघि हृदयाघात भएपछि नियमित औषधि सेवन गर्न दिइएको सुझाव नमानेपछि समस्या बल्झिएको चिकित्सकले बताएका छन् । हिजो थाइल्याण्ड पुगेका उनका दिदिबहिनी र बैंककका केही व्यवसायी उनलाई भेट्न अहिले केहीबेरमा अस्पताल पुग्दैछन् । 
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com