Home »
sports
» च्याम्पियन्स लिग: एसी मिलानले बार्सिलोनालाई हरायो
च्याम्पियन्स लिग: एसी मिलानले बार्सिलोनालाई हरायो
फागुन १०, एजेन्सी
स्प्यानिश क्लव बार्सिलोनालाई हराउंदै इटालियन जायन्ट एसी मिलानले च्याम्पियन्स लिगको अन्तिम आठमा पुग्ने बलियो आधार बनाएको छ । बहुप्रतिक्षितमध्येको एक खेलमा गएराति एसी मिलानले घरेलु मैदानमा बार्सिलोनामाथि २–० को जित हात पारेको हो । अन्तिम स्रोहको पहिलो लेगमा दुई गोलको अग्रता लिएपछि मिलानले क्वाटरफाइनलको सम्भावना बलियो बनायो । ५७ औं मिनेटमा केभिन प्रिन्स बोटेङको गोलबाट अग्रता लिएको इटालियन टोलीका लागि ८१ औं मिनेटमा सुले मुन्टारीले गोल थपेका थिए । लियोनल मेसीको टोली बार्सिलोनाले मिलानको रक्षापंक्ति तोड्न नसक्दा सिजनको तेस्रो हार व्यहोर्यो । दोस्रो लेग आगामी मार्च १२ मा बार्सिलोनाको मैदान नोउ क्याम्पमा हुनेछ ।
0 comments:
Speak up your mind
Tell us what you're thinking... !