Headlines News :
Home » » पुरुषहरूको भन्दा महिलाको हस्तमैथुन गर्ने तरिका धेरै (तरीका सहित)

पुरुषहरूको भन्दा महिलाको हस्तमैथुन गर्ने तरिका धेरै (तरीका सहित)


यौनआनन्द प्राप्त गर्न अनि यौन तृष्णा शान्त पार्न आफ्नो यौनाङ्ग वा यौन संवेदनशील अङ्ग आफैंले चलाउने क्रियाकलाप नै हस्तमैथुन हो। कतिपयले पुरुषले हस्तमैथुन गर्ने भए पनि महिलाले गर्दैनन् भन्ने मान्छन्, जुन सत्य होइन।

पुरुषहरूको तुलनामा महिलाहरूले कम हस्तमैथुन गर्ने भए पनि उनीहरूले हस्तमैथुन गर्ने तरिकामा विविधता भने बढी हुन्छ। भगांकुर चलाउनु वा घर्षण गर्नु हस्तमैथुनको एउटा प्रमुख उपाय हो। यो ९० प्रतिशत महिलामा यौन संवेदनशीलताको केन्द्रका रूपमा रहेको हुन्छ। आफूलाई सजिलो लाग्ने वा मन पर्ने कुरा वा तरिकाले यसलाई चलाउन सकिन्छ वा यसलाईकुनै वस्तुमाथि थिच्ने जस्ता अनेक उपाय गर्न सकिन्छ।

त्यसैगरी अर्को प्रमुख उपाय योनिमा केही पसाउनु हो। यसो गर्दा योनिबाट पर्याप्त मात्रामा रस आइसकेको हुनुपर्छ र यौन उत्तेजना हुँदा यो स्वाभाविक रूपमै हुन्छ। यस्तो नभएको स्थितिमा अन्य कुनै चिप्लो पदार्थको प्रयोग गर्न भने बिर्सनु हुँदैन।यस्तो पसाउने कुरा सफा भएको कुरा सुनिश्चित गर्नुपर्ने हुन्छ।

औंला पसाउँदा योनिमा आफूलाई आनन्द पाउने स्थान खोज्न सकिन्छ। भगांकुर होस् वा योनि, हस्तमैथुनमा औंलाको प्रयोग नै महत्वपूर्ण हुन्छ। औंला बहुउपयोगी हुने भएकाले नै चाहेअनुरूप दबाब, गति, तरिकामा गर्न सकिन्छ, जसले आनन्द थप्छ नै। यीबाहेक महिला शरीरका अन्य अङ्गहरूको स्पर्श, मर्दन वा सुमसुम्याई यौनआनन्द पाउने कुरामा सहायक नै हुन्छन्, तर अचेल यसरी यौनआनन्द लिने क्रममा महिलाहरूले यौन प्रसाधन वा वस्तुहरू पनि प्रयोग गर्न सक्छन्। कतिपयले पुरुषको लिङ्ग आकारको कृत्रिम वा प्राकृतिक वस्तु पनि प्रयोग गर्छन्। अंग्रेजीमा भाइब्रेटर भनिने यौन प्रसाधन विभिन्न किसिमको आकार-प्रकारमा पाइन्छन्।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com