Headlines News :
Home » » हिउँ जमेपछि त्रिभुवन राजपथ अवरुद्ध

हिउँ जमेपछि त्रिभुवन राजपथ अवरुद्ध


हेटौंडा, फागुन ७ – मकवानपुरको सिमभञ्ज्याङ, दामन र पालुङ क्षेत्रमा हिउँ परेका कारण त्रिभुवन राजपथ अबरुद्ध भएको छ ।
सडकमा हिउँ जम्दा हेटौडाबाट दामन, पालुङ र काठमाडौ आहोर दोहोर गर्ने गाडीहरु रोकिएका छन् । दामन—पालुङ क्षेत्रमा तीन वर्षपछि हिमपात भएको स्थानीय राजकुमार केसीले जानकारी दिनुभयो । शनिबार दिनभर भएको बर्षासँगै चिसो बढेपछि हिउँ परेको हो ।
हिउँपरेपछि हिउँ खेल्न आउने पर्यटक बढेका छन् । आन्तरिक तथा बाह्य पर्यटक आएसँगै व्यापार ब्यवसाय बढेको होटल ब्यवसायीहरुले बताएका छन् । हिमपातका कारण दामन, पालुङ, बज्रबाराही, टिष्टुङ, लगायत गाविसका जनजीवन भने कष्टकर बनेको छ ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com