Headlines News :
Home » » एनटिसी मोबाइलको एसएमएस र रिचार्जमा समस्या

एनटिसी मोबाइलको एसएमएस र रिचार्जमा समस्या


काठमाडौं, फागुन ७ - नेपाल टेलिकमको प्रणालीमा खराबी आएपछि सोमवार बिहानदेखि प्रिपेड र पोष्डपेड मोबाइलमा एमएमएसलगायतका केही सेवा अवरुद्ध भएको छ ।
सिष्टममा आएको खराबीका कारण देशभरी कै मोवाइलमा एसएमएस, रिर्चाज, ब्यालेन्स ट्रान्सफरलगायतका सेवा बन्द भएको नेपाल टेलिकमले जनाएको छ ।
काठमाडौं उपत्यकामा वितरित ९८४२ बाट सुरु हुने प्रिपेड मोबाइलसहित देशका अरु केही ठाउँमा फोन सेवा पनि अबरुद्ध भएको टेलिकमले जनाएको छ ।
टेलिकमको जाउलाखेलमा रहेको प्राबिधिक केन्द्रमा मर्मतको काम चलिरहेकोले सोमवार बेलुका या मंगलवार  बिहानसम्ममा सबै सेवा पुनः सञ्चालनमा आउने टेलिकमको भनाई छ ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com