धनगढी, फाल्गुन ४ -
क्षेत्रीय विकासका लागि पहिलोपटक सुदूरपश्चिमाञ्चल क्षेत्रीय पर्यटन मेला धनगढीमा शुक्रबारदेखि सुरु भएको छ । पर्यटन तथा नागरिक उड्डयनमन्त्री पोष्टबहादुर बोगटीले शुक्रबार दिउँसो मेलाको उद्घाटन गरे । उनले सुदूरपश्चिमको पर्यटकीय विकासमा राज्य र निजी क्षेत्रले योगदान गर्न सके यहाँको गरिबी घट्ने
बताए । 'पर्यटकीय गन्तव्यस्थलको प्रचारप्रसार र पर्यटकका लागि आवश्यक पूर्वाधार निर्माणमा राज्य र निजी क्षेत्र दुवैबाट थोरै लगानी भए यो क्षेत्रको पर्यटकीय विकास हुन्छ,' उनले भने ।
पर्यटन बोर्डको आयोजनामा धनगढीको ओम प्यालेस सुरु मेला आइतबारसम्म चल्ने छ । मेला उद्घाटनका अवसरमा उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा सेती अञ्चल प्रतिनिधि गोपाल हमाल र कैलाली उद्योग वाणिज्य संघका सचिव जयराज जोशीले सुदूरपश्चिम क्षेत्रका पर्यटकीय सम्भावनाबारे चर्चा गरेका थिए । उद्घाटन सत्रमा सुदूरपश्चिमका लोकसंस्कृति झल्कने छलिया, डेउडा, हुडकेली नाच, थारु समुदायको मयुर नाच, सखिया र लाठी नाच समेत प्रस्तुत गरिएको
थियो । मेलामा सुदूरपश्चिमका सबै नौ जिल्लाले आफ्नो क्षेत्रको प्राकृतिक पर्यटकीय गन्तव्यस्थल, संस्कृति र समाज झल्कने स्टल छन् ।

0 comments:
Speak up your mind
Tell us what you're thinking... !