नयाँदिल्ली , फाल्गुन २
भारततले पैसा दिएर यौनसम्पर्क गर्ने कार्यलाई अपराध मान्दै कानुन ल्याउन लागेको छ । रकम खर्चेर यौनानन्द उठाउने चाहनेका लागि चाहिँ यो निःसन्देह नराम्रो खबर हो ।
बलात्कार र यौन उत्पीडनको बढ्दो घटनालाई ध्यानमा राखेर सरकारले यस्तो कानुनको परिकल्पना गरेको छ । यसअघि मन्त्रिपरिषदले रकम दिएर सेक्स गर्ने मनसायले रेडलाइट एरिया जानेका लागि सजायको व्यवस्था गरिसकेको छ । त्यहाँको सरकारले पैसा लिएर सेक्स बेच्ने हरेक क्षेत्रलाई यौन गृह मानेको छ ।
घर, होटल र गाडीमा यौनकर्मीसँग पक्राउ पर्ने व्यक्ति पनि सजायको भागिदारी हुनेछन् । स्विडेन र नर्वेमा पनि सेक्स किन्नुलाई अपराध मानिन्छ । नयाँ कानुनी प्रावधान अनुरूप यौनकर्मीसँग पक्राउ पर्नेलाई ३ महिनादेखि १ वर्षको सजाय वा १० हजारदेखि २० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुन सक्छ ।
यो अपराधमा दोस्रो पटक पक्राउ पर्नेलाई १ देखि ५ वर्ष जेल सजाय हुन सक्छ । यस बाहेक २० हजारदेखि ५० हजार रुपैयाँ जरिवाना पनि हुन सक्छ ।


0 comments:
Speak up your mind
Tell us what you're thinking... !