Headlines News :
Home » » ग्यासको मूल्यवृद्धिको विरोधमा विद्यार्थीद्वारा प्रदर्शन

ग्यासको मूल्यवृद्धिको विरोधमा विद्यार्थीद्वारा प्रदर्शन


काठमाडौं, फाल्गुन २
खाना पकाउने ग्यासमा भएको भारी मुल्यवृद्धिको विरोध सुरु भएको छ ।
राजधानीमा विपक्षी दलसम्बद्ध विद्यार्थी संगठनले बुधबार बिहान प्रदर्शन गरेका छन् । प्रदर्शनीमार्गस्थित ल क्याम्पस अगाडि बुधबार बिहान विद्यार्थीले टायर बालेर प्रदर्शन गरे । उनीहरुले सरकारले ढाड भाँच्ने काम गरेको भन्दै प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरे । आपूर्ति मन्त्रालय प्रधानमन्त्री बाबुराम भट्टराईको जिम्मामा छ ।

नेविसंघ, अनेरास्ववियुलगायतका विद्यार्थी संगठनले विश्वभाषा, रत्नराज्य, त्रिचन्द्र, पद्मकन्या, अस्कल, सरस्वतीलगायत राजधानीका क्याम्पस अगाडि प्रदर्शन गरे । नेविसंघ प्रवक्ता यूपी लामिछानेले मुल्यविरोधी आन्दोलन देशभर चर्काउने उदघोष गरे । 'सरकारले दिने भनेको राहतमा हामीले सहमतिसमेत नजनाएको अवस्थामा मुल्यवृद्धि भएको छ,' उनले भने, 'यस्तो जनविरोधी निर्णय फिर्ता नभएसम्म आन्दोलन चर्काउँछौं ।'
सरकारले ग्यासको भाउ प्रति सिलिण्डर ६ सय ३० रुपैयाँ बढाएको छ ।
यसैबीच नेकपा संयुक्त मार्क्सवादीले पनि मुल्यवृद्धिको विरोध गरेको छ । अध्यक्ष लोकनारायण सुवेदीले बुधबार विज्ञप्ती जारी गर्दै आयल निगमलाई जनताको ढाड नराम्रोसँग सेकेर नाफा दिलाउने सरकारको निर्णय घोर जनविरोधी र जनतामारा भएको टिप्पणी गरेको छ ।
'ठाडै यसरी भारी मूल्य बृद्धिको बोझ जनताको टाउको माथि लादेर जनताको नराम्रोसाग ढाड भाच्ने र बिगतका सबै रेकर्ड तोड्दै यति ठूलो मूल्य बृद्धि गर्ने बर्तमान सरकारले देश र जनताको नाम लिएर सत्तामा बस्ने सबै नैतिकता गुमाएको छ,' विज्ञप्तीमा भनिएको छ । उसले मुल्यवृद्धिविरुद्ध जनतालाई सकडमा आउन आहृवान गरेको छ ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com