गुडिरहेको मोटरसाईकल अगाडि ‘एक्सक्युज मी’ भन्दै राम्री युवति आउँदा मोटरसाईकल चालकहरु मुसुक्क हाँस्दै रोकिएका युवाहरु ‘हेल्मेट राम्ररी लगाउनु भएको छ ?’ भन्ने वित्तिकै झस्किन्थे ।
शुक्रबार विहान सुनसरीको इटहहरी चौकमा सडकभरि निस्किएका सुन्दरी युवतिहरुले चालकहरुलाई ट्राफिक नियम बारे सचेत गराउँको दृष्य जति रमाईलो थियो त्यति नै चेतना मुलकपनि ।
चौथो मिस पुर्वाञ्चल २०१३ मा सहभागी सुन्दरीहरु प्रतियोगिताको सचेतनामुलक कार्यक्रम अन्तर्गत शुक्रबार टाफिक सचेतनाकालागि इटहरी पुगेका थिए ।
पूर्वका विभिन्न ठाउवाट सहभागी भएका १४ सुन्दरीले पुर्वाञ्चल ट्राफिक प्रहरी कार्यलयको सहकार्यमा इटहरीको सडकमा ट्राफिकको काम गरका थिए । उनीहरुसँगै पूर्व क्षेत्रिय ट्राफिक कार्यलयका प्रमुख प्रहरी उपरिक्षक सुशीलकुमार भण्डारी समेत १ घण्टा सुन्दरीहरुसागै सडकमा खटेका थिए ।
ट्राफिक कार्यलयवाट प्लेकार्ड सहित सचेतनामुलक र्यालीमा सहभागी उनिहरु इटहरी चौकमा सम्म पुगेर चालकहरुलाई सचेत गराएको थिए । उनिहरुलाई इटहरीमा रितेश श्रेष्ठले संयोजन गरेका थिए भने ट्राफिक नियमको बारेमा ट्राफिक प्रहरी निरिक्षक रोशन आचार्यले सुरु मा जानकारी गराएका थिए । आफुहरु नियमित काम गरिहेकेा भए पनि सुन्दरीहरु लाई सडकमा उतार्दा प्रभावकारी हुने भएकोले आफुहरुले सहयोग गरेकेा आचार्यको भनाई थियो ।
सिल्भर इन्टरटेन्मेन्ट र हाइट इभेन्टको आयोजनामा भईरहेको मिस पूर्वाञ्चल २०१३को फाईनल आगामी फागुन १४ हुने कार्यक्रम छ।
ट्राफिक सचेतनासँगै सहभागीहरुलाई रक्तदान, सार्वजनिक स्थलको सरसफाई लगाएका सचेतनामुलुक कार्यमा समेत सहभागी गराइने छ । उनिहरुलाई धनकुटाको पर्यटकिय स्थल नाम्जेमा होमस्टे गराईने आयोजकले जनाएको छ । फाइनल चरणमा सहभागी हरुको फेाटो सुट गरि सकेको र ट्यालेट सो शनिबार विराटनगरमा हुने छ ।


0 comments:
Speak up your mind
Tell us what you're thinking... !