फाल्गुन ५
उल्कापिण्ड विष्फोटनबाट रुसमा ५ सय भन्दा बढी मानिस घाइते भएका छन् ।
रुसको यूराल शहरमाथिको आकाशमा उड्दै गरेको उल्कापिण्ड श्रृंखलाबद्ध बिष्फोट भएको बीबीसीले जनाएको छ ।
रुसको आन्तरिक मन्त्रालयका अनुसार विष्फोट भएको उल्कापिण्डको टुक्राले लागेर रुसका विभिन्न ६ सहरमा क्षति पुगेका छ ।
शहरका गगनचुम्बी भवनका शिसा फुटेको र त्यसले लागेर कयौँ मानिसहरु घाइते भएको समाचार संस्था रोयटर्सले जनाएको छ ।
स्थानीयका अनुसार धर्ती हल्लिएको महशुस भएको थियो भने गाडीहरुको अलार्म बजेको थियो । उल्कापिण्डको टुक्रा चेल्याबिन्स्क शहरबाट २ सय किलोमिटर उत्तरस्थित येकातरीनबर्गमा खसेको देखिएको प्रत्यक्षदर्शीले बताए ।
घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भैरहेको छ । उद्दार जारी छ ।
उल्कापिण्डको टुक्राले लागेर गगनचुम्बी भवनका छतहरु समेत भत्किएका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोला ...
अर्को भिडियो हेर्न तल क्लिक गर्नुहोला....


0 comments:
Speak up your mind
Tell us what you're thinking... !