फागुन ७
इङ्गलिश प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा स्वान्सीलाई हराउँदै लिभरपुल दुई स्थान माथि उक्लिएको छ ।
लिभरपुलले स्वान्सी विरुद्ध ५–० को फराकिलो जित हात पारेको हो । टिमको जितमा स्टेभन जेरार्ड, जोसे इन्रिक, फिलिप कोरिया, लुइस सुआरेज र डेनियल स्टुरिजले गोल गरे । जितपछि लिभरपुल सातौं स्थानमा उक्लिएको छ भने स्वान्सी एक स्थान तल आठौं स्थानमा झरेको छ ।
यस्तै स्पेनिश ला लिगा अन्तर्गत आइतबार रातिको खेलमा एट्लेटिको मड्रिड र रियल मड्रिड बिजयी भएका छन् । एट्लेटिको मड्रिडले भल्लाडोलिडलाई ३–० ले र रियल मड्रिडले रायो भ्यालेकानोलाई २–० शुन्यले पराजित गरेको हो । जितपछि दोश्रो स्थानको एटलेटिकोको ५३ र तेश्रो स्थानका रियालको ४९ अंक पुगेको छ ।

0 comments:
Speak up your mind
Tell us what you're thinking... !