Headlines News :
Home » » ब्ल्याकमेल गरेको भन्दै युवतीको हत्या

ब्ल्याकमेल गरेको भन्दै युवतीको हत्या

काठमाडौं, फागुन ७
परपुरुषसँगको प्रेम सम्बन्धका कारण टेकुको बेसमेन्ट रेस्टुरेन्टमा काम गर्ने ३२ वर्षीया ईश्वरी बरालले ज्यान गुमाएकी छिन्। उनका श्रीमान वैदेशिक रोजगारीमा छन्। हत्या आरोपमा रुम्बा आलेलाई प्रहरीले पक्राउ गरेको छ। श्रीमतीसहित सामाखुसीमा बस्दै आएका रुम्बा र ईश्वरीबीच निकट सम्बन्ध रहेको प्रहरीले जनाएको छ। बाफलको सडकमा छातीमा धारिलो हतियारको चोट लागेको अवस्थामा प्रहरीले शनिबार ईश्वरीको शव फेला पारेको थियो। घटनामा संलग्न रहेको आशंकामा प्रहरीले सुरुमा ७ जनालाई नियन्त्रणमा लिएको थियो। तर अनुसन्धान क्रममा रुम्बा र ईश्वरीबीच निकट सम्बन्ध रहेको खुलेपछि महानगरिय प्रहरी परिसर काठमाडौंको टोलीले रुम्बालाई आइतबार दिउँसो सामाखुसीबाट पक्राउ गरेको हो। 

प्रहरीका अनुसार …निकट सम्बन्ध रहे पनि सधैं ब्ल्याकमेल गरेर हैरान पारेकाले हत्या गरेको' बयान रुम्बाले दिएका छन्। रुम्बा र ईश्वरीबीच सुन्धाराको चाइना टाउनका काम गर्ने क्रममा दुई वर्षअघि चिनजान भएको थियो। रुम्बा गाडी चलाउँथे भने ईश्वरी पार्किङमा काम गर्थिन्। त्यही भएको चिनजान पछि निकट सम्बन्धमा बिस्तार भएको थियो। दुवै विवाहित भए पनि उनीहरूलाई लुकिछिपी यो सम्बन्धलाई निरन्तरता दिइरहेका थिए। परिवारले यो सम्बन्धबारे थाहा पाएपछि पछिल्लो समय रुम्बा उनीबाट टाढिने प्रयासमा थिए। कहिले सामाखुसीस्थित कोठामै आइपुग्ने त कहिले फोन गरेर पैसा माग्ने गर्न थालेपछि उनको ईश्वरीको हत्या योजना बनाएको रुम्बाले प्रहरीलाई बताएका छन्। परिसर प्रवक्ता डिएसपी चक्रबहादुर सिंहका अनुसार प्रायः बेलुका ईश्वरीको मोबाइल अफ हुने भएकाले रुम्बा शनिबार बेलुका उनको बाफलस्थित कोठा अगाडि ढुकेर बसेका थिए। राति साढे १२ बजेतिर ईश्वरी ट्याक्सीमा आएपछि उनले हात समातेर …कुरा गर्नुछ' भन्दै केही पर लगेर ११ पटक छुरा प्रहार गरेका थिए। चोट सहन नसकेर ईश्वरी सडकमा लडेपछि रुम्बा भागेर सामाखुसी पुगेका थिए।

हत्यामा प्रयोग गरिएको छुरी सिरानीमा लुकाएर उनले रगत लागेका कपडा धोएका थिए। प्रहरीले शंकाका आधारमा उनीसँग सोधपुछ गर्दा गाउँ गएर भर्खरै आएको बताएपछि पनि केरकारमा उनले हत्या स्वीकारेको परिसरले जनाएको छ। रुम्बालाई हिरासतमा राखेर अनुसन्धान प्रवि्र्कया अघि बढाएको सिंहले बताए।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com