Headlines News :
Home » » वालिका बलात्कारका अभियुक्त एक महिनापछि पक्राउ

वालिका बलात्कारका अभियुक्त एक महिनापछि पक्राउ


लमजुङ, फागुन १३ – लमजुङको तार्कुघाटकी १३ बर्षिया वालिकालाई बलात्कार गरेको आरोप लागेका केदारबहादुर थापालाई प्रहरीले पक्रेको छ । एक महिनादेखि फरार थापालाई प्रहरीले शनिबार राती तनहुँको डुम्रेबाट पक्रेको हो ।

भोटेओडार ८ का  ६२ बर्षिय केदारबहादुर थापाले कक्षा ४ मा अध्ययनरत बालिकालाई झण्डै डेढ वर्षदेखि बलात्कार गर्दै आएका प्रहरीले जनाएको छ ।

थापा विरुद्ध जिल्ला प्रहरी कार्यालयमा पीडित परिवारले गएको माघ १४ गते उजुरी दिएका थिए । प्रहरीमा उजुरी परेपछि थापा फरार थिए ।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायब उपरीक्षक गोरखसिंह भण्डारीले थापाको मुद्दा सरकारी वकिलको कार्यालयमा पुगिसेकाले उनलाई आइतबार नै अदालत लगिने जानकारी दिनुभयो ।

नेपाली काँग्रेसका सक्रिय सदस्य साथै लमजुङ उद्योग बाणिज्य संघ भोटेओडार ईकाईका पूर्व अध्यक्ष समेत रहेका थापाले अनैतिक कार्य गरेको भन्दै ती दुईसंस्थाले विज्ञप्ति निकालेर निस्काशन गरेको घोषणा गरेका  छन् ।

थापा भोटेओडारमा रहेको भक्ति आदर्श क्याम्पस संचालक समितिका निवर्तमान अध्यक्ष समेत हुन् ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com