Headlines News :
Home » » सेनामा भर्ना हुन दौडँदा युवकको मृत्यु

सेनामा भर्ना हुन दौडँदा युवकको मृत्यु


तुलसीपुर (दाङ), फागुन  १४- नेपाली सेनाको १९ नम्बर बाहिनी तुलसीपुरले खुल्ला गरेको नयाँ भर्नामा कुचिकार पदमा आवेदन दिई दौडमा सहभागी भएका ओखलढुङ्गाको च्यामा गाविस- ३ का २१ वर्षीय टीका रायको आज मृत्यु भएको छ। दुई माइलको दौड पार गर्ने क्रममा लडेर उनको मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी निरीक्षक गणेशविक्रम शाहका अनुसार हिजो बाहिनीले टरिगाउँमा आयोजना गरेको दुई माइलको दूरी दौडेर पार गर्ने क्रममा उनी लडेर बेहोस भएका थिए।
बेहोस भएका रायको आज उपचारका क्रममा राप्ती अञ्चल अस्पताल तुलसीपुरमा मृत्यु भएको हो। परिवारका सदस्य आएपछि मात्र शवलाई बुझाउने प्रहरी निरीक्षक शाहले जानकारी दिए। रासस
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com