गुल्मी, फागुन १४ - गुल्मी जिल्लाका सम्पूर्ण गाविस सचिवहरुले जिल्ला परिषद वहिष्कार गरेका छन् ।
सदरमुकाम तम्घासमा आयोजना गरिएको जिल्लाको छैटौं गणतान्त्रिक जिल्ला परिषद्मा जिल्ला परिषदको पार्षको हैसियतमा उपस्थित भएका सचिवहरुको प्रतिनिधित्व हुनेगरि परिषद्मा आशन ग्रहण समेत गराउन जिविसले कन्जुस्याई गरेको भन्दै उनीहरुले परिषद वहिष्कारको घोषणा गरि कार्यक्रम स्थलवाट वाहिरिएका थिए ।
गाविस सचिव हकहित संरक्षण केन्द्रको आह्वानमा सचिवहरुले परिषद विहष्कार गरेको उक्त केन्द्रका अध्यक्ष गोपाल सेनले जानकारी गराउनु भएको छ ।
जिल्ला परिषद् विहान ११ वजेदेखि संचालन हुने भनियपनि जिल्ला स्थित राजनैतिक दलहरुमा प्रोटोकलको विषयमा कुरा नमिल्दा दई घण्टापछि मात्र शुरु गरिएको थियो ।

0 comments:
Speak up your mind
Tell us what you're thinking... !