काठमाडौं, फागुन ३
दुई राउन्ड गोली राखिएको एउटा अटो पेस्तोलसहित सप्तरी जिल्लाको राजविराज-५ घर भई हाल भक्तपुर कौशलटार बस्ने वर्ष २१ का पृथ्वीकान्त चौधरीलाई आज सशस्त्र प्रहरीले पक्राउ गरेको छ।
सशस्त्र प्रहरी बल बङ्गलामुखी विशेष कार्यदल गण हल्चोकबाट खटिएको एक टोलीले काठमाडौंको सुन्धारा इलाकाबाट आज दिउँसो उनलाई पक्राउ गरेको हो। टोलीले मेड इन इटालियन लेखिएको पेस्तोल, दुई राउन्ड गोली र सोको म्यागजिन बरामद गरेको छ। रासस

0 comments:
Speak up your mind
Tell us what you're thinking... !