Headlines News :
Home » » भ्यालेन्टाइन जोडीले भरियो सौराहा

भ्यालेन्टाइन जोडीले भरियो सौराहा


चितवन फागुन ३
आजको भ्यालेन्टाइन डे र हिजोदेखि सुरु भएको सौराहा फुडफेस्टिवलका कारण युवा जोडीले सौराहा भरिएको छ। यस वर्ष फुड फेस्टिवलमा उत्कृष्ट जोडीलाई पुरस्कृत गर्ने व्यवस्थासमेत गरिएकाले जोडीहरुको आकर्षण रहेको सौराहाका पर्यटन व्यवसायी राममणि खनाल बताउँछन् ।

भ्यालेन्टाइन जोडीका लागि व्यवसायीहरुले विशेष छुट गरेकाले पनि युवाहरुले सौराहा भरिएको फुड फेस्टिवलका संयोजक लालबहादुर भट्टले बताए ।

रेस्टुरेन्ट एन्ड बार एसोसिएसन सौराहाको आयोजनामा सुरु भएको तीन दिने फुड फेस्टिवलमा नजानिँदो गरी प्रेम जोडिको मूल्याङ्कन हुने र उत्कृष्टलाई सम्मान गरिने भट्टले जानकारी दिए ।

अहिले यहाँ थारुहरुको खाना घुँगी, चिचर तथा गुन्द्रुक र ढिँडोमा युवाहरु रमाइरहेका छन् । युवाहरुलाई २५ प्रतिशतसम्म छुट दिइएको थियो।

यहाँका अधिकांश होटल हिजोदेखि नै भरिएको र अझै युवाहरु आउने क्रम नरोकिएको क्षेत्रीय होटल सङ्घ सौराहाले जनाएको छ। सौराहामा ८० भन्दा बढी ठूला होटल छन्। यहाँ दैनिक दुई हजार पर्यटक राख्न सक्ने क्षमता रहेको छ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com