नायिका निशा अधिकारी अहिलेकी चर्चित र महंगी नायिकाको रुपमा पर्छिन् । एउटा सिनेमा खेलेको ३ लाख सम्म पारिश्रमिक लिने निशाले अभिनय गरेको चलचित्र ”पदमिनी” शुक्रबारबाट देशभरकै हलमा सोलो प्रदर्शनमा आएको छ । सोलो प्रदर्शनमा आएको र स्टार नायिकाले अभिनय गरेको सिनेमाले पक्कै पनि सुरुवातमा राम्रो व्यापार गर्नुपर्ने हो ।
तर ३ लाख पारिश्रमिक लिने निशाको ‘पदमिनी’ ले पोखरामा २ शोमा ६ हजारको व्यापार गरेको छ । पोखरा जस्तै देशभरका हलमा सिनेमाको व्यापार सुख्खा रहेको रिपोर्ट प्राप्त भएको छ । राम प्यासीले निर्देशन गरेको यो चलचित्रमा अनिल थापा नायककोे रुपमा प्रस्तुत भएका छन् ।
चलचित्रमा नायिका अधिकारीले हिष्टोरिया भएकी युवतीको भुमिका निर्वाहा गरेकी छिन् । नेपाली सिनेमामा कलाकारको स्टार भ्यालु घट्दै गएपनि उनीहरुको पारिश्रमिक भने उचाईमा पुगेको छ ।


0 comments:
Speak up your mind
Tell us what you're thinking... !