‘दिमाग खराब’ नाम दिएर सिनेमा निर्देशन को तयारीमा जुटिरहेका निश्चल बस्नेत ईक्जाम मुडमा छन् । ‘कलेज अफ् फिल्म स्टडी’ ओस्कार कलेजका स्टुडेन्ट निश्चलको अहिले ग्रयाजुएशन अन्तर्गत अन्तिम वर्ष अर्थात थर्ड इयरको परिक्षा चलिरहेको छ । ईक्जाम सेन्टर त्रिपुरेश्वरस्थित विश्व निकेतन विद्यालयमा निश्चलले ३ वटा विषयको परिक्षा दिइसकेका छन् । स्टोरी एनालाइसेस, आर्ट अफ एडप्टेसन, टेक्निक्स अफ स्क्रीन प्ले र डिरेक्सन राइटीङ सर्ट वाइ सर्ट मध्ये डिरेक्सन राइटिङ सर्ट वाइ सर्ट मात्रैको परिक्षा दिन बाँकी छ ।
लिखित परिक्षासँगै निश्चलले १५ मिनेटको सर्ट मूभी निर्माण गरेर कलेजलाई बुझाउनु पर्नेछ । गत १९ गतेदेखी सुरु भएको निश्चलको थ्यौरीटिकल इक्जाम यही शुक्रबारबाट इन्ड हुदैछ । अघिल्लो फस्ट र सेकेन्ड सेमेस्टर रेगुरल पास आउट भएको बताउने निश्चलले यो परिक्षाबाट पनि पास आउट हुने विश्वास व्यक्त गरे । बेलुका २ घण्टा बाहेक अन्य समय कोर्सकै विषयमा साथीहरुसँग छलफल गरिरहेको बताउँने निश्चल भन्छन् , ‘एक खालको प्राक्टिकल नलेज भएकाले ईक्जाम खासै हार्ड छैन ।’ साथमा परिक्षाले गर्दा अपकमिङ प्रोजेक्ट ‘दिमाग खराब’ अप्रिलमा सुट नहुने पनि निश्चलले जानकारी दिएका छन् । ‘सिटिङमा भएकै बेला परीक्षा पर्नु र स्क्रिप्ट पनि केही मोडीफाई गर्नुपर्ने देखिएकाले ‘दिमाग खराब’ को सुटिङ केही पर सर्न गएको हो’ उनले बताए । सिनेमा ‘दिमाग खराब’ मा सौगात मल्ल र दयाह्याङ राई रहने सक्ने बताइएको छ । ब्लकबस्टर सिनेमा ‘लुट’ को रिलिजसँगै मिडियामा हाइप पाएका निश्चलको यो प्रोजेक्टलाई महत्वका साथ हेरिएको छ ।

0 comments:
Speak up your mind
Tell us what you're thinking... !