Headlines News :
Home » » बाबुरामलाई डेरामै बोलाए तेस्रो लिंगीले

बाबुरामलाई डेरामै बोलाए तेस्रो लिंगीले


काठमाण्डौ फागुन 

प्रत्येक महिनाको अन्तिम शुक्रवार जनताको घरमा एक रात बास बस्दै आएका प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई यौनिक लैङ्गिक अल्पसंख्यक समूदायले आफ्नो डेरामा आउन निम्तो दिएका छन् । राज्यका अन्य नागरिक सरह आफूहरुलाई पनि व्यवहार गर्न आग्रह गर्दै उनीहरुले भट्टराईलाई एक रात जनताको घरमा बस्नुको साटो आफुहरु भाडामा बसेको घरमा आएर समस्या बुझिदिन आग्रह गरेका हुन् ।

यौनिक तथा लैंगिक अल्पसंख्यक महासंघले राजधानीको अनामनगरस्थित मिडिया इन्टरनेश्नलमा बुधवार पत्रकार सम्मेलन गरी  राज्यकै निकायको ब्यवहारका कारण समलिङ्गी तथा तेश्रो लिङ्गीको विचल्ली भएको र राज्यका अन्य नागरिक सरहको ब्यवहार गर्न प्रधानमन्त्रीलाई अनुरोध गरेको हो ।  कार्यक्रममा यौनिक तथा लैंगिक अल्पसंख्यक महासंघका राष्ट्रिय कार्यक्रम संयोजक रोशन महतोले विगत ७ महिना देखि आफ्नो संस्थाको नविकरण रोकिएर रोजीरोटी गुमेको भन्दै नेपालले सरकारसँग तत्काल नविकरणको प्रकृया अगाढी बढाउन माग गर्नु भयो ।
निलहरा समाजको नविकरण नहुँदा दातृ निकायवाट आउने सहयोग आउन छोडेको तथा विगत ७ महिनादेखि आफुहरुले तलव समेत पाउन नसकेको महत्तोले वताउनुभयो । उहाँले प्रमुख जिल्ला अधिकारी तथा एक दुई जनाको गतल प्रचारका कारण नविकरण रोकिएको आरोप लगाउनुभयो ।  परिवर्तन नेपाल विराटनगरका सलमा वेगमले पनि आफूहरुको डेरामा आएर समस्या वुझ्न आग्रह गरिन । उहाँले भन्नुभयो,’अरु समूदायको घरमा जानु हुन्छ, हाम्रो त घर छैन डेरामा बसेका छौँ । हाम्रो डेरामा आउनुहोस जे छ त्यही खानुहोस । अरुले जस्तो सम्मान गरेर खान दिने हैसियत नभएपनि तपाईलाई हामी मनले सम्मान गर्छौ ।’
मानव सचेत समाज चितवनका कोडिनेटर दिप श्रेष्ठले सुनिलवावु पन्तको गल्ती देखाएर सम्पुर्ण सस्थालाई नै असर पर्ने गरी नविकरण रोक्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यदी सुनिलवावुले गल्ती नै गरेका हुन भने उनलाई कारवाही गर्नपर्छ । तर ४ लाख यौनिक तथा लैंगिक अल्पसंख्यकलाई सडकमा उत्रन वाध्य बनाउन हुँदैन ।’

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com