Headlines News :
Home » » शिक्षकले पढाएको सुन्न नसक्दा स्कूल छाड्न बाध्य

शिक्षकले पढाएको सुन्न नसक्दा स्कूल छाड्न बाध्य

कञ्चनपुर, फागुन ९
शिक्षकले पढाएको सुन्न नसकेपछि एक छात्राले विद्यालय छाडेकी छन् । झलारीस्थित धर्म जनता उच्चमाध्यमिक विद्यालयमा अध्ययनरत नौखुरीकी मीना चौधरीले पढाइ छाडेकी हुन् ।
कान नसुन्ने चौधरी कक्षा ९ मा अध्ययनरत थिइन् । “कान कमजोर भएकाले कक्षामा पढाएको सुन्न सकिएन” उनले भनिन्,  “त्यसपछि पढ्न छाडेर घरमा बसेकी छु ।”

उच्च शिक्षा अध्ययन गर्ने धोको पूरा गर्न कान कमजोर हुँदा सुम्न नसकिएकामा चौधरी निरास छिन् । “धेरै पढ्न नसके पनि कक्षा १० सम्म पढ्ने लक्ष्य राखेकी थिएँ” उनले भनिन्, “कानै नसुनेपछि पढ्नै छाडिदिए ।” घरायसी कमजोर अवस्थाकी चौधरीका आमाबाबु मुक्तकमैया हुन् । कान सुन्ने उपकरण जडान गरी पनि पढ्न धोको घरायसी अवस्थाका कारण सम्भव नदेखिएको चौधरीले बताइन् ।

कान कम सुन्ने चौधरीको काँध र हातमा पनि समस्या छ । उनी जन्मजात अपाङ्गता भएकी युवती हुन् । उनले वैजनाथ सामुदायिक वनले अपाङ्गता भएका व्यक्तिका लागि सञ्चालन गरेको सामुदायिक सुरक्षा कार्यक्रमअन्र्तगत छात्रवृत्ति रकम पाउँदैआएकी थिइन् । सामुदायिक वनले हालसम्म १२ जनालाई रकम प्रदान गरेको सचिव धीरेन्द्र खडायतले बताउनुभयो ।

सामुदायिक वनले दिने सहयोगले कापीकिताब किन्न सहयोग पुगेको चौधरीले बताइन् । “वनबाट रकम पाउन थालेपछि अध्ययन गर्ने इच्छा पूरा हुने लागेको थियो” उनले भनिन्, “पढाएको नसुनेपछि यस्तो भयो ।” - रासस
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Blogger
Copyright © 2013. KhabarKhaabar.com - All Rights Reserved
Template Design by KhabarKhaabar.blogspot.com