फागुन ३
विश्व भरका प्रेमी प्रेमिकाले प्रणय दिवस अर्थात भ्यालेन्टाइन डे मनाईं रहँदा दक्षिणी अफ्रिकाका ओलम्पिक धावक ओस्कार पिस्टोरियसले आफ्नै प्रेमिकाको गोली हानेर हत्या गरेका छन् ।
दुवै खुट्टा नभए पनि कृतिम खुट्टाका भरमा ओलम्पिकमा समेत दौडिएका किर्तिमान धावक पिस्टोरियसले झुक्किएर प्रेमिकामाथि गोली चलाएको बताएका दक्षिण अफ्रिकी प्रहरीले जनाएको छ ।
२६ वर्षिया पिस्टोरियसले दक्षिण अफ्रिकाको प्रिटोरियामा रहेको आफ्नो घरमा आएकी ३० वर्षिया प्रेमिकालाई चोर ठानेर गोली हानेका बयान प्रहरीलाई दिएका छन् । पिस्टोरियसकी प्रेमिका भ्यालेन्टाइन डेको सरप्राईज दिन मध्यरातमा उनको घर गएको हुन सक्ने अनुमान गरिएको छ ।
उनलाई पक्राउ गरि यसबारेमा थप अनुसन्धान भइरहेको दक्षिण अफ्रिकी प्रहरीले जनाएको छ । पिस्टोरियसकी प्रेमिकाको टाउको शरीरको माथिल्लो भागमा गोली लागेको थियो । उद्धार गरेर अस्पताल लैजाने तयारी गर्दा गर्र्दै उनको घटनास्थलमा नै ज्यान गएको थियो ।
कृतिम खुट्टा अर्थात ब्लेडका भरमा दौडिने भएकाले पिस्टोरियस ब्लेड रनरका रुपमा चर्चित छन् । उनी लण्डन ओलम्पिकको ४ सय मिटर दौडमा सेमिफाइनलसम्म पुगेका थिए । लण्डन प्याराओलम्पिकमा भने उनले ४ सय मिटर र ४ गुणा १ सय मिटरमा स्वर्ण र २ .सय मिटर दौडमा रजत पतक जितेका थिए ।
सन् २००४ मा एथेन्समा भएको प्याराओलम्पिकमा उनले १ स्वर्ण १ रजत तथा सन् २००८ मा बेइजिङमा भएको प्याराओलम्पिकमा ३ स्वर्ण पदक जितेका थिए ।
जन्मदै दुवै खुट्टामा समस्या देखिएपछि डाक्टरहरुले उनको दुवै खुट्टा काटिदिएका थिए ।


0 comments:
Speak up your mind
Tell us what you're thinking... !