काठमाडौ, फागुन १४ - अफ्रिका महादेशकै सर्वोच्च शिखर माउण्ट किलिमन्जरो आरोहणका लागि ७ नेपाली चेली सोमवार त्यसतर्फ लागेका छन् ।
सर्वोच्च शिखर सगरमाथा, युरोपको सर्वोच्च शिखर माउन्ट एल्ब्रस र अष्ट्रेलियाको कोस्सिअस्ज्को हिमाल आरोहण गरिसकेको समावेशी महिला टोली अफ्रिकाको उच्च हिमाल चढ्ने योजनाका साथ तान्जिनियातर्फलागेको हो ।
सन् २००८ मा सगरमाथा आरोहण गरेपछि 'सेभेन समिट्स उमन टिम’ले सात महादेशको सात उच्च शिखर चढ्ने लक्ष्य लिएको थियो । त्यहि लक्ष्य पुरा गर्नका लागि शैली बस्नेत, माया गुरुङ, पुजन आचार्य, आशाकुमारी सिंह, चुनु श्रेष्ठ, निम्डोमा शेर्पा र पेमाडिकी शेर्पा तान्जिनिया तर्फ लागेका हुन् ।
उनीहरुसंगै तान्जानियाका २ र दक्षिण अफ्रिकाकी एक महिलाले पनि ५ हजार ८ सय ९५ मिटर अग्लो किलिमञ्जरो हिमाल आरोहण गर्नेछन् ।
महिला टोलीलाई यो आरोहणका लागि चाइल्ड रिच, नर्थ फेस, विश्व खाद्य कार्यक्रमले आर्थिक सहयोग गरेको छ । हिमाल आरोहण मार्फत महिला शिक्षाबारे जनचेतना जगाउने टोलीले जनाएको छ ।
यो टोलीले सन् २००८ मा सगरमाथा आरोहण गरेको थियो ।

0 comments:
Speak up your mind
Tell us what you're thinking... !